काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका सांसद श्याम घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठबीच नोकझोक भएको छ ।
बैठकमा सुमना श्रेष्ठले १६ असारको उपसमितिको प्रतिवेदन पास गर्न किन रोकियो, कसले रोक्यो ? भन्दै कड्किएर प्रश्न गरेपछि कांग्रेस सांसद घिमिरेले मैले बोल्न पाउनु पर्छ भनेर प्रतिवाद गरेका थिए ।
निजी विद्यालयले दिने छात्रवृत्तिको विषयमा छलफल हुँदा घिमिरे र श्रेष्ठबीच नोकझोक चलेको हो ।
निजी विद्यालयले छात्रवृत्ति दिँदा आवासीय दिनु पर्ने सुमनाले प्रस्ताव राखेकी थिइन् । घिमिरेले आवासीय राख्न नहुने पक्षमा वकालत गरेका छन् ।