Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

साउन २७ मा विश्वासको मत लिदै मुख्यमन्त्री बानियाँ

साउन २७ मा विश्वासको मत लिदै मुख्यमन्त्री बानियाँ

शुक्रवार , श्रावण २३, २०८२

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले  साउनमै विश्वासको मत लिने भएका छन् ।

बागमती सरकारको नेतृत्व लिएका मुख्यमन्त्री बानियाँले २७ गते विश्वासको मत लिने भएका हुन् ।

एमाले - कांग्रेस गठबन्धनको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँले आगामी भदौ १८ गतेसम्ममा संसदबाट विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेको छ ।

साउन २० मा मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मत लिने गरी संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालय समक्ष जानकारी गराएका हुन् ।

निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाएर बानियाँले नेतृत्व हात पारेका हुन् ।

करिब साढे दुई वर्षअघि २०७९ पुस १३ गते संसदीय दलको चुनावमा लामासँग पराजित भएका बानियाँले यो बीचमा दलको नेतृत्व पुनः प्राप्त गर्दै मुख्यमन्त्रीको कुर्सीमा उक्लन सफल भएका हुन् ।

बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ सांसदसहित कुल ६४ प्रदेशसभा सदस्यको समर्थन प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077