Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४५ वटा एजुकेशन कन्सलटेन्सी बन्द गर्न निर्देशन

४५ वटा एजुकेशन कन्सलटेन्सी बन्द गर्न निर्देशन

शुक्रवार , श्रावण २३, २०८२

चितवन । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएका तथा भाषा कक्षा सञ्चालन गर्दै आएका ४५ वटा कन्सलटेन्सी बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा सञ्चालनमा रहेका ४५ शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्था बन्द गर्न निर्देशन दिँदै जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएपछि ती संस्थाहरु बन्द हुने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमतिपत्र माग गरेर पत्राचार गर्दा कागजात पेस नगरेको भन्दै ती ४५ संस्था बन्द गर्न निर्देशन दिइएको जनाएको छ ।

कार्यालयले १८ साउनमा सूचना जारी गरेर ३ दिनभित्र शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति तथा त्यससँग सम्बन्धित कागजात पेस गर्न भनेको थियो ।

तोकिएको समयमा कागजात पेस नगरेपछि संस्था बन्द र आवश्यक कारबाही गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ–‘मिति २०८२/०४/१८ गते शैषिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरुको लागि ३ (तीन) दिनभित्र शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमती तथा सोसँग सम्बन्धीत कागजातहरु पेश गर्न प्रकाशित सूचना बमोजिम तोकिएको समयभित्र कागजात पेश नगर्ने र पटक–पटक सूचना प्रकाशन गर्दा समेत आवश्यक कागजातहरु पेश नगर्ने देहाय बमोजिमका संस्थाहरु बन्द गर्न तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको व्यहोरा सूसित गरिन्छ ।’

जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पठाएको पत्रमा अक्टुबर एजुकेसन कन्सल्टेन्सी, आईएलएसी ल्यांग्वेज एन्ड भिसा सर्भिसेस, एईसीसी स्टडी एब्रोड कन्सल्टेन्सी, एक्स्ट्रिम एजुकेसन कन्सल्टेन्सी, एजुकेसन एन्ड माइग्रेसन सेन्टर, एजुकेसन एसिया चितवन, एनआईईसी एनसीएस कोरिया, एसआई ग्लोबल, एसी ग्लोबल चितवन र एसिई टेस्टिङ हबलाई बन्द गर्न भनिएको छ ।

त्यसैगरी, कँडेल कन्सल्टेन्सी एजुकेसन, कनेक्ट निहोन किङफिसर एजुकेसन कन्सल्टेन्सी, क्यानन इन्टरनेसनल एजुकेसन, क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेस, गोल्डेन गेट, चितवन कोरियन कल्चर सेन्टर प्रालि, चिन्जु एजुकेसन प्रालि, जापान लिंक, जेब्रा एस्याएर प्रिफेक्सन, डल्फिन एजुकेसन, डाँफे कन्सल्टेन्सी एजुकेसन एन्ड माइग्रेसन र डिप ब्लु एजुकेसन कन्सल्टेन्सी बन्द गर्न पत्राचार गरिएको छ ।

डिभाइन एजुकेसन, नमस्ते एजुकेसन इन्स्टिच्युट, निहोन एजुकेसन सेन्टर, नेक्स्ट वे, नेसन्स इन्टरनेसनल पायोनियर इन एजुकेसन एन्ड भिसा सर्भिस, न्यु एरा एजुकेसन, बीएमडब्लू एजुकेसन कन्सल्टेन्सी, बेस्ट वान एजुकेसन एन्ड भिसा सर्भिस, ब्लु ब्रिज एब्रोड एजुकेसन प्रालि, मभिन कन्सल्टिङ ग्रुप क्यारियर एन्ड भिसा स्पेसिलाइटिस, मिरे कोरियन भाषा पाठशाला, मेन्टर एजुकेसन सेन्टर, यूटीसी (युनिभर्सल थट कन्सल्ट) पनि बन्द गर्नुपर्ने सूचीमा छन् ।

त्यसैगरी युनिकम्पास ग्लोबल, रियल वर्ल्ड एजुकेसन माइग्रेसन, ल्यान्डमार्क एजुकेसन, सफेवा, सुहिसा एजुकेसन कन्सल्टेन्सी, सेलेस्टियल जर्नी प्रालि, हिमालयन बिजनेस ग्रुप एजुकेसन एन्ड माइग्रेसन सर्भिस र ह्याप्पी एजुकेसन कन्सल्टेन्सीलाई पनि बन्द गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077