Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

ओलीको नेतृत्व बुझ्न समय लाग्छ : लेखराज भट्ट

ओलीको नेतृत्व बुझ्न समय लाग्छ : लेखराज भट्ट

शुक्रवार , श्रावण २३, २०८२

धनगढी । नेकपा एमाले सुदूरपश्चिम इन्चार्ज तथा सचिव लेखराज भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई छिटो बुझ्न कठिन हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकलाई कञ्चनपुरको महेन्द्रनगर सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले ओलीको दृष्टिकोण गहिरो, दीर्घकालीन र राष्ट्रिय हितमा केन्द्रित रहेको उल्लेख गर्दै त्यसलाई सबैले तुरुन्त बुझ्न नसक्ने जिकिर गरे ।

भट्टले भने - 'नेतृत्वको रक्षा गर्नु भनेको विचारको रक्षा गर्नु हो। ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने अरू नेता नेपालमा छैनन्, ओलीज्यूलाई छोटो समयमा पढ्न सकिँदैन। म पनि उहाँलाई पढ्दैछु ।'

उनले ओलीको सोच विशाल भएको उल्लेख गर्दै भने, महाकाली किनारबाट उहाँले मेची किनार देख्नुहुन्छ। म नारायणीसम्म देख्छु, कसैले चिसापानीसम्म। त्यसैले उहाँको दृष्टि र कदम बुझ्न समय लाग्छ।

राष्ट्रपति संस्थाको गरिमा जोगाउने प्रतिबद्ध रहेका कारणले नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिइएको बताए ।

उनले भने- ‘राष्ट्रपतिलाई सम्मानित भएर बस्न हामीले भइसकेका छौँ। गणतन्त्रको गरिमा र गौरवका रूपमा हामीले सम्मान गर्ने निर्णय गरिसकेका छौँ ।’

पार्टीको बैठकमा समर्थन र बाहिर बिरोध गर्ने कुराले अर्थ अब नराख्ने उनले बताए ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी सुदृढीकरण अभियान चलाइरहेका भट्टले कार्यकर्ताहरूलाई पार्टी नेतृत्वप्रति दृढ विश्वास राख्न पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077