Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

खनाललाई नेपालको सुझाव : ओलीजीको चाकरी गरेर बसे हुन्छ

खनाललाई नेपालको सुझाव : ओलीजीको चाकरी गरेर बसे हुन्छ

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौंं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चाकरी गरेर बस्न सुझाव दिएका छन्।

उनले पार्टीको हित र पक्षमा मात्रै प्रचारप्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन पनि निर्देशन दिए।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने- ‘मिडियामा जाने पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो ? विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि ।’

उनले भने- 'हामीले ठिक गरेका छौँ। दृढतताका साथ पहल गरेका छौँ।'

केपी शर्मा ओलीले संविधान विरुद्ध गतिविधि गरेकाले एमालेबाट विद्रोह गरेर आफूहरूले नयाँ राजनीतिक दल बनाएर ठिक गरेको उनले बताए

अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट आन्दोलनलाई आफूहरूले जोगाएर ल्याएको दाबीसमेत गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077