काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका तीन तहका बैठक आह्वान गरेको छ ।
पार्टीभित्रको आन्तरिक छलफलका लागि पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो ।
स्थायी कमिटी भदौ ४ गते र पोलिटब्युरो बैठक ५ गते पार्टी केन्द्रीय कार्यालय बस्नेछ भने केन्द्रीय कमिटी बैठक मिराकल पार्टी भेनु सुकेधारामा बस्नेछ ।
सबै बैठक ११ बजे सुरु हुनेछ ।