कैलाली। कैलालीमा संघीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान आइतबार हुँदै छ ।
तराई मधेशकेन्द्रित सात दलीय मोर्चाले देशका विभिन्न आठ स्थानमा गर्ने भनी निर्धारण गरेको जनजागरण अभियान आइतबार कैलालीमा गर्न लागेको जनता समाजवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले भने मोर्चाको बैठक र कार्यक्रममा जान छाडिसकेको छ । मोर्चाको जनजागरण अभियानले समसामयिक राजनीतिक अवस्था, मोर्चा गठनको आवश्यकता र औचित्यबारे प्रकाश पार्ने उद्देश्य लिएको उनले बताए।
कार्यक्रममा मोर्चामा रहेका दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको छ ।
मोर्चाको आगामी कार्यक्रम भदौ १६ गते विराटनगरमा जसपा नेपालको समन्वयमा हुने छ ।