काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी आफू हुने बताएका छन् ।
आज काठमाडौैमा आयोजित 'युवासँग जनप्रतिनिधि कार्यक्रम' मा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
थापाले भने- 'नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, एमालेको अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौं भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थे। अवमूल्यन गरेर भनेको होइन एकदमै ठुलो सम्मान छ उहाँहरूप्रति । उहाँहरूले नेपालमा ठुलो योगदान गर्नुभएको छ।'
उनले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर फोहोर जमेको पोखरी जस्तो भएको समेत बताए ।