Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

लामो प्रतीक्षापछि चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

लामो प्रतीक्षापछि चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । महिनौँको रिक्तता तोड्दै सरकारले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार पाटन, पोखरा, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ नेतृत्व तोकेका हुन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा विक्रमप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। नेपाली कांग्रेसको कोटाबाट सिफारिस भएका श्रेष्ठ यसअघि चिकित्सा शिक्षामा सक्रिय थिए।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेल उपकुलपति बनेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी भरतबहादुर खत्रीले पाएका छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पुजनकुमार रोकाया नियुक्त भएका छन् ।

बीपी र कर्णाली प्रतिष्ठानमा कांग्रेसतर्फका उम्मेदवारले नेतृत्व पाएका छन् भने पाटन र पोखरा प्रतिष्ठान एमालेको भागमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077