Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेडिकल कलेजको सिट बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६०

मेडिकल कलेजको सिट बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६०

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । चिकित्सा शिक्षा आयोगले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तहमा सीट संख्या वृद्धि गर्ने निर्णय गरेको छ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको आयोगको २१औँ बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रमाणपत्र तह (पीसीएल) र स्नातक तहका कार्यक्रममा सिट संख्या बढाउने निर्णय गरेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय गरेको हो।

यसअघि गत असार ३२ गते बसेको आयोगको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण प्रक्रिया अघि बढाएको थियो।

यससँगै एमबीबीएसमा हालसम्म रहेको १०० सिटको सीमा बढाएर १३० सिटसम्म र बीडीएसमा ५० बाट ६० सिटसम्म पुर्‍याउने निर्णय गरिएको छ।

बैठकमा सहभागी एक सदस्यका अनुसार मेडिकल कलेजहरूको पूर्वाधार, फ्याकल्टी, र अन्य मापदण्डको मूल्याङ्कन गरेर मात्र सिट संख्या तोकिनेछ।

उनका अनुसार विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, र कलेज अफ मेडिकल साइन्सेसलाई बढीमा १३० सिट दिने निर्णय भएको छ भने पोखराको मणिपाल शिक्षण अस्पतालले १२० सिट पाउनेछ। मापदण्ड पूरा गर्ने अन्य कलेजहरूलाई पनि सोही आधारमा सिट संख्या तोकिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077