काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पछिल्ला दिनमा सदस्यता लिनेको संख्यामा तीव्र वृद्धि भएको पार्टीले दाबी गरेको छ ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार हाल दैनिकरूपमा एक हजारभन्दा बढी नागरिकले रास्वपामा प्रवेश गरिरहेका हुन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा झाले भने, “अहिले हामीकहाँ सदस्यता लिनेको लर्को लागेको छ। यो हाम्रोपार्टीप्रतिको जनविश्वासको प्रमाण हो।”
सो अवसरमा सशस्त्र प्रहरी बलका सेवा निवृत्त डीआईजी दुर्गा भट्टराई, सेवा निवृत्त एसएसपी विश्वेश्वर थापा, अन्तर्राष्ट्रिय लायन्स क्लबका पूर्व गभर्नर शोभा जोशी, तथा नेपाली सेनाका पूर्व कर्नेल डा. प्रद्युम्न पौडेललगायत प्रतिष्ठित व्यक्तित्वले रास्वपाको सदस्यता लिएका छन्।