Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सबै मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन - युगान्तकारी कामको योजना ल्याउनू

सबै मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन - युगान्तकारी कामको योजना ल्याउनू

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवलाई नयाँ तथा युगान्तकारी (गेम चेन्जर) काम गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा आयोजित मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा उनले उत्पादकत्व वृद्धि र गरिबी उन्मूलनलाई प्राथमिकतामा राखेर तीव्र गतिमा काम गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले दैलेखको मिथेन ग्यास परीक्षण उत्पादन मङ्सिरभित्र सुरु गर्ने, चीनमा निर्यात गर्ने गरी किसानलाई व्यावसायिक भैंसी पालनमा प्रोत्साहन गर्ने, खेतीमा अर्गानिक अभियान सञ्चालन गर्ने, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने तथा ज्येष्ठ नागरिक संवाद भवन निर्माणजस्ता काममा तीव्रता दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिए।

उनले कीर्तिपुर क्रिकेट रंगशाला छिटो निर्माण सम्पन्न गर्न, भक्तपुरमा ठूलो रंगशाला निर्माणको तयारी गर्न, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न गर्न, नेपालकै अर्बिट उपयोग गर्ने, आफ्नै रेल र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउने, रेलवे विस्तार गर्न तथा ठूला पूर्वाधार आयोजना छिटो सकाउने कार्यमा जोड दिए ।

साथै, योग–आरोग्य अभियान सञ्चालन र मापदण्डका आधारमा कर्मचारी सरुवा गर्न पनि प्रधानमन्त्री ओलीले आदेश दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077