Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

स्वर्णिम लक्षित मुलुकको टिप्पणी - रहस्यमयी आगन्तुकबाट पार्टी बचाउने प्रयास अन्तिमसम्म गर्नेछु

स्वर्णिम लक्षित मुलुकको टिप्पणी - रहस्यमयी आगन्तुकबाट पार्टी बचाउने प्रयास अन्तिमसम्म गर्नेछु

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । आफूले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै रास्वपाका पूर्वमहामन्त्री मुलुक ढकालले पूर्णपाठ प्राप्त भएपछि आवश्यक कदम चाल्ने बताएका छन् ।

बिहिबार राति सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताउका हुन् । अदालतको फैसलाको पूर्ण पाठ अझै सार्वजनिक नभएकाले त्यसलाई प्राप्त गर्न केही समय लाग्ने उनले बताए ।

उनले भने, “पूर्ण पाठ प्राप्त भएपछि म आवश्यक कदम चाल्नेछु। तर, कानुनले दिएको अन्तिम अवसरसम्म म आफ्नो लडाइँ जारी राख्नेछु।”

रवि लामिछानेलाई पूर्पक्षका लागि थुनाउने र आफ्नो रिट खारेज गर्ने न्यायाधीश एउटै व्यक्ति भएको उल्लेख गर्दै ढकालले न्यायालयको निर्णयप्रति सम्मान व्यक्त गरे।

उनले भने, “हिजो पनि, आज पनि अदालत सही नै छ। न्यायाधीशहरू न्याय मूर्ति नै हुन्। अदालतलाई विवादमा ल्याउनु हुँदैन, सुधार संविधान र कानुनका माध्यमबाट गर्नुपर्छ।” रास्वपाको महामन्त्री आफू नै भएको जिकिरसहित उनले सर्वोच्चमा रिट दायर गरेपनि अदालतले त्यसलाई खारेज गरिदिएको हो ।

उनले पुरानो पार्टीबाट म्याण्डेट लिइ ‘गङ्गा स्नान’ गर्न पार्टीमा आएका रहस्यमयी आगन्तुकहरूको कब्जाबाट पार्टीलाई बचाउन अन्तिमसम्म प्रयास गर्ने पनि बताए । उनले नाम उल्लेख नगरे पनि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले लक्षित यो टिप्पणी गरेको हुनसक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077