Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको चीन भ्रमण तय

प्रधानमन्त्री ओलीको चीन भ्रमण तय

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तय भएको छ  ।

तियानचिनमा १५ र १६ भदौमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन ओली जाने भएका हुन् ।

उनी १४ भदौमा बेइजिङ प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीको भ्रमणको गृहकार्य परराष्ट्र मन्त्रालयले गरिरहेको बताइएको छ । चीन भ्रमणको तयारी प्रारम्भिक चरणमा रहेको र तयारी पूरा भएपछि औपचारिक जानकारी गराइने स्रोत बताउँछ ।

शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको भेटवार्ता हुने सम्भावना छ  । मोदी पनि शिखर सम्मेलनमा एससीओ सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077