Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पूर्वकर्णेल, पूर्वडीआईजी र पूर्वएसएसपी रास्वपामा प्रवेश

पूर्वकर्णेल, पूर्वडीआईजी र पूर्वएसएसपी रास्वपामा प्रवेश

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौँ । नेपाली सेनाका पूर्व कर्णेल डा. प्रद्युम्न पौडेल र सशस्त्र प्रहरी बलका पूर्वडीआईजी दुर्गा भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्व एसएसपी विश्वेश्वर थापा, अन्तर्राष्ट्रिय लायन्स क्लबकी पूर्व गभर्नर तथा रेउकाई नेपालकी पूर्वअध्यक्ष महिला उद्यमी शोभा जोशी पनि रास्वपामा आवद्ध भएका हुन् ।

यसैगरी नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष ललित बहादुर श्रेष्ठ पनि रास्वपामा प्रवेश गरे ।

पार्टी प्रवेश गर्नेहरुलाई कार्यवाहक सभापति डीपी अर्याललगायत नेताहरूले लोगो लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077