काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि एआईको प्रयोग गरिरहेको बताएका छन् ।
आज डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा बोल्दै प्रधानमन्त्रीले आफूले पनि एआईको प्रयोग गरिरहेको बताएका हुन् ।
ओलीले भने- 'म पनि एआईको भरपुर उपयोग गर्छु। च्याटजीपीटीलाई सोध्यो भने सबै भन्दिहाल्छ। ‘बालबालिकालाई मोबाइलबाट जोगाउ भन्ने अवस्था आइसक्यो। मोबाइल यस्तो भयो, जे खोजे पनि पाइन्छ, त्यसैले आकर्षणको केन्द्र भयो। यसमा गेमको कुरा हैन अरु पनि छन् । साना उमेरमा बच्चालाई जोगाउनुपर्छ।'
ओलीले मोबाइलबाट बालबालिकालाई जोगाउनुपर्नेमा जोड दिए।
उनले भने- 'मैले त प्रयोग गरिरहेको हुन्छु भने युवाले झन् गर्नुपर्छ। यस्ता राम्रा कुरा बालबालिकालाई सिकाउनुपर्छ ।'उनले प्रविधिको प्रयोगमा युवाहरुको आकर्षण बढाउनुपर्नेमा जोड दिए ।
उनले भने- 'म टेक्निकल क्षेत्रको मान्छे हैन, एआईको पनि हैन तर, कसरी आईसीटी र एआईलाई अघि बढाउने सोचिरहेका छौँ । हिजोमात्र एआईसम्बन्धी नीति मन्त्रिपरिषदबाट पास गरेका छौँ। यसमा धेरै काम गर्न आवश्यक छ।'
आफू टेक्निकल क्षेत्रको मान्छे नभए पनि आईसीटी र एआई अघि बढाउने नीति सरकारले मन्त्रिपिषदबाट पास गरिसके समेत बताए ।
उनले भने- 'हाम्रा सिङ्गै नयाँ पुस्ता ट्यालेन्ट छन् । अवसर पाए गर्नसक्छन् र त्यो अवसर लिने क्रममा सरकारले पूर्ण साथ दिन्छ।'
प्रधानमन्त्री ओलीले नेपालको मुहार फेर्न नयाँ पुस्ता सक्षम रहेको भन्दै सरकारले साथ दिनेसमेत प्रतिबद्धता व्यक्त गरे ।