Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पाँच मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री बानियाँ, आजै शपथ गराउने तयारी

पाँच मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री बानियाँ, आजै शपथ गराउने तयारी

शुक्रवार , श्रावण ३०, २०८२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

उनले आज रिक्त स्थानमा आफ्नो पार्टी कांग्रेसको भागमा परेका पाँच जना मन्त्री नियुक्ति गर्न लागेका हुन्। पाँच जना मन्त्रीको आजै नियुक्ति र ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ गराउने तयारी छ।

मुख्यमन्त्री बानियाँले कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

दुईदलीय गठबन्धनमा कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय र एमालेको भागमा ६ मन्त्रालय परेका छन्। जसमध्ये कांग्रेसबाट मुख्यमन्त्री र दुई मन्त्री नियुक्ति भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077