काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेकी छन्।
पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै चौधरीमाथि कारवाही गरेर संसदलाई जानकारी गराएकी छन्।
नागरिक उन्मुक्ति पार्टीमा रेशमलाल चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्षबाट हटाएपछि रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी थिइन् ।
आफू बिरामी परेर उपचाररत रहेको अवस्थामा कुनै जानकारी नगराई कन गत ९ साउन र ११ साउनमा विभिन्न गैरकानूनी निर्णयहरू गरेको गंगाराममाथि रञ्जिताको आरोप छ।
चौधरीले महासचिवको हैसियतमा पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरी पार्टी हित विपरीत काम गरेको अध्यक्ष श्रेष्ठको दाबी छ।
