Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मधेसमा राजस्व चुहावट र अवैध पैठारी बढ्दो, प्रहरी विशेष सजग रहोस् : प्रधानमन्त्री ओली

मधेसमा राजस्व चुहावट र अवैध पैठारी बढ्दो, प्रहरी विशेष सजग रहोस् : प्रधानमन्त्री ओली

शुक्रवार , श्रावण ३०, २०८२

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा भन्सार राजस्व चुहावट, अवैध पैठारी र चोरी–निकासी बढ्दो क्रम रोक्न प्रहरीले विशेष सजग र सर्तक रहनुपर्ने बताएका छन्।

शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन समारोहमा उनले अपराध नियन्त्रण, अनुसन्धान र लागुऔषध नियन्त्रणमा कडाइ गर्न आग्रह गरे।

“मधेसमा भन्सारबाट उठ्नुपर्ने राजस्व उठेको छैन। चुहावट बढेको छ, अवैध चोरी–निकासी पैठारी बढ्दो छ,” ओलीले भने, “निदोर्ष मान्छे फस्ने र दोषी उम्कने गतिविधि तुरुन्त बन्द गर्नुपर्छ।”

उनले सेना राष्ट्रको रक्षक र प्रहरी–कर्मचारी जनताको सेवक भएको उल्लेख गर्दै जनतालाई सेवा दिनैपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077