Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बागमती प्रदेशका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

शुक्रवार , श्रावण ३०, २०८२

हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज नियुक्त भएका मन्त्रीहरूलाई सपथ गराएका हुन् ।

आज कांग्रेसका तर्फबाट प्रभातकुमार तामाङ आर्थिक मामिला तथा योजना मन्त्री, शिवराज अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री, कञ्चनचन्द्र बादे सामाजिक विकासमन्त्री, बिनु रायमाझी सहकारी तथा गरिबी निवारण मन्त्री, सुरेश श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री र उर्मिला केसी युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

२० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

दुईदलीय गठबन्धनमा कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय र एमालेको भागमा ६ मन्त्रालय परेका थिए। एमालेको भागमा परेको ६ जना मन्त्रीले यसअघि २० साउनमै सपथ लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077