काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले माफी मागेकी छन्।
प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने-'पार्टीमा आत्मालोचना प्रस्ताव पेस गर्नुभएको छ । भविष्यमा यस्ता कमजोरी नगर्ने महसुस गर्नुभएको छ । त्यसकारण उहासँग छलफल गरेर टुंग्याउने निर्णय भएको छ।'
उनले आगामी दिनमा पार्टी हितविपरीत अभिव्यक्ति नदिने वाचासहित पत्र पठाएकी थिइन्।
झाँक्रीले अध्यक्ष माधवकुमार नेपालबारे दिएको अभिव्यक्तिका कारण पार्टीले स्पष्टीकरण सोधेको थियो ।
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा मुद्दा दायर भएपछि उनले सिनो काँधमा हालेर हिँड्न नसकिने अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको थियो ।