Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षा विधेयकमा दुई विषयमा जुटेन सहमति, अर्को बैठक बिहीबार

शिक्षा विधेयकमा दुई विषयमा जुटेन सहमति, अर्को बैठक बिहीबार

सोमवार , भाद्र २, २०८२

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा मन्त्रालयका तर्फबाट पेस भएको प्रस्तावमा सांसदहरूले असहमति जनाएका छन् ।

सोमबार बसेको समितिको बैठकमा निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिनुपर्ने सांसदहरूको प्रस्ताव सरकारले अस्वीकार गरेपछि सांसदहरूले असहमति जनाएका हुन् ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पूर्ण छात्रवृत्ति दिने विषय विधेयकमा नराखेर नियमावलीमा राख्ने प्रस्ताव गरेका थिए ।

मन्त्रालयको त्यो प्रस्तावमा एमाले सांसद विद्या भट्टराई, कांग्रेस सांसद चन्द्रकान्त भण्डारी, माओवादी सांसद ज्ञानु बस्नेत सुवेदी, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीलगायतले विरोध गरेका थिए ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिन गरेको प्रस्तावमा पनि सांसदहरूले सहमति जनाएनन् ।

उक्त प्रस्तावमा निवर्तमान शिक्षामन्त्री भट्टराईले  प्रश्न गर्दै भनिन्- '२ दशमलव ५ प्रतिशत छात्रवृत्ति दिने प्रस्ताव कुन सैद्धान्तिक र कानुनी आधारमा ल्यायौँ ।'

अर्को बैठक बिहीबार बिहान ८ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077