काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाए सडक संघर्षमा जाने चेतावनी दिएको छ ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले राना मगरलाई हटाउने कुरा समाचारहरूमा आएको उल्लेख गर्दै त्यसो गरिए सरकार र सत्तारुढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी रास्वपाले दिएको हो ।
रास्वपा प्रवक्ता मनीष झाले भने- 'सुन्दैछौँ हस्ताक्षर संकलन हुँदैछ रे । समाजिक लडाइँ लड्दै आएका एक जनजातिकी छोरीलाई पदमुक्त गर्ने परिपञ्च रच्दै छन् रे, यसको नाटक सदनमा रचियो भने जवाफ सडकले दिनेछ ।'
उनले उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको जिकिर गर्दै सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताए ।
प्रमुख सचेतक परियारले उपसभामुख रानालाई पदबाट हटाउन खोजिए सरकार विरुद्ध आम जनता सडकमा ओर्लने दाबी समेत गरे ।