Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा जापानिज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु

चितवनमा जापानिज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु

मंगलवार , भाद्र ३, २०८२

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन जनाको जापानिज इन्सेफ्लाईटिसबाट मृत्यु भएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन २३ गतेदेखि भदौ ३ गतेसम्मको नमुना परीक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको थियो । तीमध्ये ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालिका नगरपालिका-५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका-१२ की ७० वर्षीय वृद्धा र भरतपुर महानगरपालिका-१२ की ८१ वर्षीया वृद्धा रहेका छन् ।

उनीहरूको विगत ११ दिनमा आएको नतिजा हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका ३ जना संक्रमितमध्ये एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077