Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एमाले मोरङ कार्यालयमा पूर्वराष्ट्रपति भण्डारी, संस्थापन पक्ष अनुपस्थित !

एमाले मोरङ कार्यालयमा पूर्वराष्ट्रपति भण्डारी, संस्थापन पक्ष अनुपस्थित !

मंगलवार , भाद्र ३, २०८२

विराटनगर । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित एमाले मोरङ पार्टी कार्यालय पुगेकी छन् ।

पार्टी नेतृत्वले कुनै औपचारिक कार्यक्रम नगर्न निर्देशन दिए पनि भण्डारीको आगमनले स्थानीय कार्यकर्तामाझ विशेष हलचल पैदा गरेको हो ।

कार्यालय प्रवेश गरेपछि भण्डारीले एमालेका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गरिन् ।

नेताहरूको योगदान स्मरण गर्दै उनले “कम्युनिस्ट आन्दोलनलाई जनताको पार्टी बनाउन सबैको भूमिका महत्त्वपूर्ण रह्यो” भन्दै राजनीतिक यात्राका अनुभव कार्यकर्तासँग बाँडेकी थिइन् ।

भण्डारीलाई मोरङ जिल्ला र विराटनगर महानगर कमिटीका नेता–कार्यकर्ताले उत्साहपूर्वक स्वागत गरेका थिए । लामो अन्तरालपछि विराटनगर पार्टी कार्यालय आएको उनले स्मरण गर्दै पार्टीभित्र संगठन सुदृढ पार्न स्थानीय तहको भूमिका निर्णायक हुने धारणा राखिन् ।

भण्डारीको आगमनका बेला भने अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षका नेता–कार्यकर्ताहरू देखिएनन् । उनीहरूलाई कार्यक्रममा सहभागी नहुन पूर्वनिर्देशन दिइएको नेताहरूले बताएका छन् ।

नेकपा एमाले विराटनगर महानगरपालिका इन्चार्ज परशुराम बस्नेतले भने कुनै औपचारिक कार्यक्रम तय नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077