काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरूले सत्तापक्षको पछिल्लो गतिविधि विरुद्ध संयुक्त छलफल थालेका छन् ।
मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने सत्ता गठबन्धनको तयारीबारे मुख्य एजेन्डा राखिएको छ ।
बैठकमा सहभागी नेताहरूले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखविरुद्ध अघि बढाएको कदम लोकतान्त्रिक अभ्यासविपरीत रहेको भन्दै संसदमै कडा प्रतिवाद गर्ने संकेत गरेका छन् ।
बैठकले महाभियोगको प्रक्रियाविरुद्ध साझा रणनीति तय गर्ने र संसदमा एकताबद्ध भएर प्रतिरोध गर्ने योजना बनाइरहेको छ।
सिंहदरबारमा जारी यो बैठकलाई विपक्षी एकतालाई मजबुत बनाउने परीक्षणका रूपमा पनि हेरिएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादी लगायतको सहभागिता रहेको छ ।