काठमाडौं । नेपाली कांग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने बताएका छन्।
सिंहदरबारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने- 'जेल भनेको त ससुराली गएको होइन नि १ ढोका टालेको छ, झ्याल टालेको छ । जेल त हामी पनि बसेका हौँ नि, त्यही खड्गप्रसाद ओली १४ वर्ष कालकोठीमा बस्नुभयो । अनि, तिनीहरू चोर हुने, अहिले ठगैचाहिँ असल हुने ?'
उनले अहिले नेकपा एमाले र कांग्रेसलाई सबै दोष लगाएर म नै राम्रो हुँ भन्ने पार्टीहरू विकास भएको बताए।
उनले नेपालमा कुनै पार्टी र राजनीतिक नेतृत्व पानी माथिको ओभानो नरहेको टिप्पणी गरे।