Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

उपसभामुख रानाविरुद्धको प्रस्ताव तत्काल अघि नबढाउने सत्ता गठबन्धनको निष्कर्ष

उपसभामुख रानाविरुद्धको प्रस्ताव तत्काल अघि नबढाउने सत्ता गठबन्धनको निष्कर्ष

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रक्रिया तत्काल अघि नबढाउने भएका छन्।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले राना स्वदेश फर्किएपछि मात्र यस विषयमा औपचारिक प्रक्रिया अघि बढाउने सहमति गरेको हो।

हाल अमेरिका भ्रमणमा रहेका उपसभामुख राना भदौ १३ गतेपछि मात्र नेपाल फर्किने कार्यक्रम रहेको बुझिएको छ। बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल नै नभएको स्पष्ट पारे।

उनका अनुसार भूमिसम्बन्धी विधेयकलाई पारित गर्ने विषयमा पनि सत्ता गठबन्धनबीच एकमत बनेको छ।

जनता समाजवादी पार्टी (जसपा) का नेता वीरेन्द्र महतोले उपसभामुख नेपालमै नभएकाले तत्कालीन बहस अघि बढाउन नसकिएको बताए।

बैठकमा नेपाली कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमत पार्टीलगायत दलका शीर्ष नेताहरूको उपस्थिति थियो ।

बैठकले संसदलाई प्रभावकारी बनाउन, समयमै विधेयक पारित गर्ने र गठबन्धनभित्र देखिएका केही असमझदारीलाई खुला छलफलमार्फत टुंग्याउने रणनीति अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077