Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

उपसभामुखको भ्रमणबारे कांग्रेसको चासो, सभामुख समक्ष प्रश्नै प्रश्न

उपसभामुखको भ्रमणबारे कांग्रेसको चासो, सभामुख समक्ष प्रश्नै प्रश्न

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे सभामुख देवराज घिमिरेसँग चासो व्यक्त गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको अमेरिका भ्रमणबारे प्रश्न गरेका हुन् ।

उनले उपसभामुख रानाको अमेरिका भ्रमण संसद्कै कार्यक्रम हो कि बाहिरको ? भन्दै प्रश्न गरेका थिए ।

उनको यो प्रश्नको जवाफमा सभामुख घिमिरेले भनेका छन्–‘उहाँ (उपसभामुख) आफ्नो व्यक्तिगत भ्रमणमा जानुभएको हो । जानकारी दिनुभएको थियो ।’

लगत्तै सांसद खतिवडालेले यसरी उपसभामुख व्यक्तिगत भ्रमणमा जान मिल्छ ? भन्दै प्रश्न गरे ।

सभामुखले व्यक्तिगत भ्रमण रहेको र त्यसबारे धेरै टिप्पणी नगर्ने बताए ।

पुन: खतिवडाले सभामुखको ध्यानाकर्षण गराएको बताउँदै भने–‘रातो पासपोर्ट प्रयोग गरेर धेरैपटक विभिन्न कार्यक्रममा जानुभएको छ । यो मिल्दैन । यो अपारदर्शी छ ।’

उपसभामुख राना अहिले अमेरिका भ्रमणमा छिन् । उनी आगामी १३ भदौमा नेपाल फर्कने कार्यक्रम छ । यता, सत्तारुढ दलहरूले भने उनलाई पदबाट हटाउने तयारीस्वरुप हस्ताक्षर नै संकलन गरिसकेका छन् ।

तर, रानालाई हटाउन कांग्रेसभित्रैका सांसदहरुले मानिरहेका छैनन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले त उपसभामुख रानालाई पदमुक्त गर्ने तयारीप्रति विमति जनाइ नै सकेका छन् ।

सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन जारी रहेकै बेला महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरेका हुन् ।

रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनमा पार्टीभित्रको आन्तरिक तयारीमा भैरहवामा रहेका शर्माले उपसभामुखको प्रकरणमा आफूले त्यहिबाट नै असहमति जनाइसएको बताइसकेका छन् ।

उपसभामुखले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती भए पनि उनलाई पदमुक्त गर्न अनुपयुक्त भएको शर्माले बताए ।

शर्माले पार्टीले संसदीय दलको कार्यालयमा संकलन भएको हस्ताक्षरमा आफूले नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077