Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

तपाईँहरू जति उफ्रे पनि उपसभामुखमाथि पुग्न सक्नुहुन्न : रास्वपा

तपाईँहरू जति उफ्रे पनि उपसभामुखमाथि पुग्न सक्नुहुन्न : रास्वपा

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगर हटाउन सरकारले गरेको प्रयासप्रति विरोध जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगर हटाउन सरकारले गरेको प्रयासप्रति विरोध गरेका हुन् ।

परियारले भने- 'रासपाबाट जो अहिले हाम्रो पार्टीको सदस्य हुनुहुन्न, हामीले पठाएको उपसभामुखमाथि जुन आक्रमण भएको छ, यसको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्न चाहन्छ । उहाँले जति सम्मान पाउनुभएको छ तपाईँहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ सांसद आफैँमा सार्वभौम हो। सांसदको विवेकलाई राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।'

परियारले नयाँहरूलाई कमजोर बनाउन खोजिए पनि निषेध गर्न कदापि नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077