काठमाडौं । आज पनि प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेका छन् ।
बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरू उठेर अवरोध जनाएका हुन् ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै रास्वपा र राप्रपाका सांसदले आज पनि प्रतिनिधिसभामा विरोध जनाएका छन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद सांसद सन्तोष परियारलाई बोल्न दिएका थिए । परियारले लोकतन्त्रको विरासत धन्ने दलहरूले नयाँहरूलाई कमजोर बनाउन खोजे पनि निषेध गर्न कदापि नसक्ने बताए।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद रोसन कार्कीलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताइन् ।
आफ्नो भनाइपछि दुवै दलका सांसदले संसद् बैठक बहिष्कार गरे ।
दुई दलले गत जेठ १३ गतेदेखि निरन्तर विरोध जनाउँदै आएका छन् ।