काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्की र नेकपा एमालेका सांसद सूर्य थापाबिच चर्काचर्कि भएको छ ।
राप्रपा सांसद रोशन कार्कीले उपसभामुखविरुद्ध अविश्वास प्रस्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरेको भन्दै सत्तारुढ दलहरूप्रति कटाक्ष गरेपछि नेकपा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएका हुन्।
सोहि क्रममा उनिहरुबिच चर्काचकि भएको हो ।
सांसद कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई निशाना बनाइएको आरोप लगाइन्।
उनले 'संवैधानिक परिषद्मा बहुमत पुगेन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन कस्तो पार्टी ? कस्ता सांसद धिक्कार होस्' भन्ने टिप्पणी गरिन्।
लगत्तै सांसद थापाले सार्वभौम संसदमा गालीगलौज र आपत्तिजनक शब्दहरू स्वीकार्य नहुने बताए। उनले मण्डलेहरूसँग लामो समयसम्म लडेर आफूहरू आएको उल्लेख गर्दै शब्द चयनमा ध्यान दिन आग्रह समेत गरे।