Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

विदेश भ्रमणका लागि दुई मन्त्रीसहित ८ जनाले पाए एकैपटक स्वीकृति

विदेश भ्रमणका लागि दुई मन्त्रीसहित ८ जनाले पाए एकैपटक स्वीकृति

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । दुई दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक दुई मन्त्रीसहित ८ जनाको विदेश भ्रमण स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री, कानूनमन्त्री, महालेखापरीक्षक, राष्ट्रिय योजना आयोगका सदस्य, अख्तियारका सचिव, पर्यटन मन्त्रालयका सचिव, ललितपुर महानगरपालिकाका मेयर र आदिवासी जनजाती आयोगका सदस्यको विदेश भ्रमण स्वीकृत गरेको हो ।

बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठलाई भदौ ३० र ३१ गतेसम्म थाइल्यान्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ भने असोज ७ देखि ९ सम्म इन्डोनेसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन अख्तियारका सचिव नारायण प्रसाद शर्मा दुवाडीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार कात्तिक १० देखि १४ गतेसम्म इजिप्टमा आयोजित लेखापरीक्षण संस्थाहरूको महाधिवेशनमा सहभागी हुन महालेखापरीक्षक तोयम राय नेतृत्वको प्रतिनिधिमण्डललाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी भदौ २३ देखि २७ गतेसम्म युगाण्डाको कम्पालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन कानूनमन्त्री अजयकुमार चौरसियालाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

त्यस्तै, परराष्ट्रमन्त्री आरजु राणालाई थाइल्यान्डमा भदौ १७ र १८ गते हुने हुने सम्मेलनमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री गुरुङले बताए ।

भदौ २५ देखि २८ गतेसम्म रसियामा हुने कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई पनि स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

त्यसैगरी भदौ ३१ देखि असोज ७ गतेसम्म अमेरिकाको ब्रुमफिल्ड सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै बैठकले आदिवासी जनजाती आयोगका सदस्य शरण राईलाई हङकङमा आयोजित कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077