Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रवि लामिछाने दुब्लिएका छन्, अनुहारमै कष्ट देखिन्छ : प्रचण्ड

रवि लामिछाने दुब्लिएका छन्, अनुहारमै कष्ट देखिन्छ : प्रचण्ड

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन्।

बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले लामिछाने भैरहवामा हिरासत बस्दाको अवस्था निकै कठिन भएको अनुभव सुनाएको जानकारी दिए । उनले भने, भैरहवामा बस्दाको स्थिति अलि धेरै नै जटिल रहेछ। उहाँ दुब्लाउनुभएको , अनुहारमै पीडाप्रष्टै देखिन्छ।

दाहालका अनुसार लामिछानेले भैरहवाको बसाइलाई ‘गोलघरजस्तो’ पीडादायी भनेका थिए। तर, काठमाडौंको नख्खु कारागारमा आएको व्यवस्थाप्रति भने उनले सन्तोष व्यक्त गरेका छन्। यहाँ खानपिनदेखि बसाइसम्म सबै व्यवस्था भैरहवाको तुलनामा राम्रो भनेर उहाँले प्रशंसा गर्नुभयो,” दाहालले सुनाए।

गृहमन्त्रीको हैसियतमा दुईपटक काम गरिसकेकाले ‘अभिभावकको भावना’ बोकेर भेट्न गएको बताउने दाहालले भेटमा गहिरो राजनीतिक चर्चा भने नभएको स्पष्ट पारे। तर, लामिछानेले आफूलाई सत्ता गठबन्धनले लक्षित गरेर प्रतिशोध लिएको गुनासो दोहोर्‍याएको उनले बताए।

मेरो जस्तै केसमा अरूले उन्मुक्ति पाउँछन्, मलाई मात्र लखेटियो भन्ने उहाँको भनाइ रहेछ,” दाहालले उद्धृत गरे।

यद्यपि, लामिछानेले हालको घटनाक्रमले आफ्नै पार्टीलाई जनस्तरमा फाइदा पुगेको दाबी गरेको दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077