काठमाडौँ । गृहमन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।
गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार बुधबार उपसचिव स्तरका अधिकारीलाई विभिन्न जिल्लामा सीडीओको जिम्मेवारी दिइएको हो ।
सरुवा निर्णयअनुसार बाजुराको प्रमुख जिल्ला अधिकारीमा पर्वतका सहायक सीडीओ गणेशप्रसाद पौडेल नियुक्त भएका छन्। बाँकेका खडानन्द खत्रीलाई मुगु पठाइएको छ भने नक्खु कारागारका जेलर भीमराज कोइरालालाई डोल्पा सरुवा गरिएको छ।
यस्तै, कारागार व्यवस्थापन विभागका निर्देशक टेककुमार रेग्मीलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
यसैगरी सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, रुकुमपूर्व, म्याग्दी, कालीकोट र रुकुमपश्चिममा पनि गृहमन्त्रालयका उपसचिवलाई सीडीओ पदस्थापन गरिएको छ ।
