Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रचण्ड–रवि भेटमा बस्नेतको व्यंग्य : स्मार्ट ठगले 'नानीको बा'लाई नख्खुमै बोलाएछन् !

प्रचण्ड–रवि भेटमा बस्नेतको व्यंग्य : स्मार्ट ठगले 'नानीको बा'लाई नख्खुमै बोलाएछन् !

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रास्वपा सभापति रवि लामिछानेलाई भेटेको प्रसंगलाई लिएर सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन् ।

सहकारी ठगी प्रकरणमा जेल सजाय भोगिरहेका लामिछानेलाई बस्नेतले लामो समयदेखि ‘स्मार्ट ठग’ को संज्ञा दिँदै आएका छन् । प्रचण्डले बुधबार नख्खु कारागारमा पुगेर लामिछानेलाई भेटेपछि बस्नेतले व्यंग्य गर्दै उनलाई ‘नानीको बा’ सम्बोधन गरेका हुन् ।

बस्नेतले लेखेका छन्, “‘नो नोट अगेन’ को नारासहित स्मार्ट ठगले हिजो बा, देउवा र नानीका बालाई राजनीतिबाट निकाल्छु भन्थे। विडम्बना, आज उल्टै जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाएछन् ।”

भैरहवा कारागारबाट हालसालै नख्खु कारागार सारिएका लामिछानेबारे बस्नेतले यसअघि पनि सामाजिक सञ्जालमार्फत विभिन्न कटाक्ष गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077