Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

शिक्षकहरूलाई संगठन खोल्न दिनै हुँदैन : सांसद भण्डारी

शिक्षकहरूलाई संगठन खोल्न दिनै हुँदैन : सांसद भण्डारी

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले शिक्षकहरूले संघ संगठन खोल्न नपाउने कुरा पनि विधेयकमा लेख्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बिहान बसेको बैठकमा सांसद भण्डारीले शिक्षकहरूले राजनीतिमा आबद्ध हुन नपाउने लेखेर मात्रै नहुने बताएका हुन्।

बैठकमा उनले भने–‘प्राध्यापकहरुलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने भनिएको छ, प्राध्यापकहरुले अर्को संगठन पनि खोल्न नपाउने लेख्नुपर्छ । कि त संघसंस्थामा आवद्ध हुन दिनुपर्छ । नत्र भने संघसंगठन खोल्न नदिने कुरा लेख्नुपर्छ ।’

उनले सरुवाको दफामा शिक्षकहरुले आपत्ति जनाएको बताउँदै खाली ठाउँमा सरुवा भएर जान पाइने कुरा स्पष्टसँग विधेयकमा लेखिनुपर्ने बताए।

सांसद भण्डारीले भने–‘हामी खाली भएको ठाउँमा जान पाइयोस् भन्नुभएको छ । जिल्ला, प्रदेश र गाउँको शिक्षकहरुले भन्नुभएको छ । यस्तो कुरा बुझिने गरी विधेयकमा राखौं ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077