काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित गरिएको छ ।
आज प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो ।
नेकपा माओवादी केन्द्रका सांसदले फरक मत लेख्ने भन्दै शुक्रबार सम्मको समय मागेका थिए । तर, समितिबाट विधेयक पारित गरिएपछि फरक मत नराखी माओवादी सांसदहरू बाहिरिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पनि असहमतिसहित बैठकबाट बाहिरिएका छन् ।
माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् ।
समितिका सचिव शिवदत्त बरालका अनुसार फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुनेछ ।