काठमाडौं । निजी विद्यालयका शिक्षकले विद्यालय शिक्षा विधेयकको प्रावधानको विरोधमा माइतीघरमा प्रदर्शन गरेका छन्।
विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरेको भन्दै निजी विद्यालयका सञ्चालकले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
निजी विद्यालयका दुई संगठन प्याब्सन र एन प्याब्सनको अगुवाइमा माइतीघरमा उनीहरूले उक्त विधेयकको विरोध गरेका छन् ।
यस्ता छन् निजी विद्यालय सञ्चालकहरूको माग
१- “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु पर्ने ।
२- विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना – खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
३- कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक” बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।
४- छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
५- छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५५ आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान -जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।