काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले कानून विपरीतको काम गर्नेलाई हटाउन खोज्दा जनजाति महिलालाई हटाउन खोज्यो भन्दै विरोध गर्न आवश्यक नरहेको बताएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै भट्टराईले उपसभामुख इन्दिरा राना मगरको विषयलाई संवैधानिक परिषद्को अङ्कगणितसँग जोड्न आवश्यक नभएको बताएका हुन्।
सांसद भट्टराईले भने- 'उहाँलाई हटाउने विषय संवैधानिक परिषद्को सङ्ख्यामा जोड्न आवश्यक छैन । उपसभामुख रानाले पत्र लेख्न हुन्थ्यो कि हुँदैन भन्ने विषय हो । उपसभामुख भएपछि उहाँसँग सिङ्गो संसद् जोडिन्छ । मुलुक
जोडिन्छ ।'
उनले उपसभामुखलाई हटाउन खोज्ने विषय संवैधानिक परिषद्को सङ्ख्यामा जोड्न आवश्यक नभएको बताए।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुखमाथि गत वर्षदेखि नै प्रश्न उठिरहेको बताए।
सांसद भट्टराईले भने- 'सभामुखको स्वीकृतिबिना विदेश भ्रमणमा जानु आचरण हो कि होइन । जनजाति महिला भन्दै ‘इमोसनल ब्याकमेल’ गर्न आवश्यक छैन्।'
राना उपसभामुख भएपछि १७ पटक विदेश भ्रमण गरेको र ७ पटक मात्रै आफ्नो भ्रमणको सभामुखसँग स्वीकृति लिएको बताए