Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पार्टीले जिम्मेवारी देओस् नदेओेस्, पार्टीको सिद्धान्त अनुरुप काम गर्छु : पूर्वराष्ट्रपति भण्डारी

पार्टीले जिम्मेवारी देओस् नदेओेस्, पार्टीको सिद्धान्त अनुरुप काम गर्छु : पूर्वराष्ट्रपति भण्डारी

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले राष्ट्रपति हुँदा राष्ट्रको गौरव बढ्ने गरी काम गरेको बताएकी छन्।

आज काठमाडौंमा मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन गठित समितिको सम्पर्क कार्यालय उद्घाटनका क्रममा उनले आफूलाई पार्टीले नै राष्ट्रपतिमा अघि बढाएको र राष्ट्रपति हुँदा देशको गौरव बढ्ने गरी काम गरेको बताएकी हुन् ।

उनले भनिन्- 'पार्टीले पठाएर राष्ट्रपति बन्न गएको हो। राष्ट्रपति हुँदा राष्ट्रको गौरव बढ्ने गरी काम गरेको छु । म आलोचनाभन्दा बाहिर छैन । तर, हरेक कुरा तथ्यको आधारमा गर्नुपर्छ ।'

उनले आलोचना तथ्यका आधारमा गरिनुपर्नेमा जोड दिइन् । भण्डारीले आफूले पार्टीको सिद्धान्त धारण गरेको र त्यहीअनुसार काम गर्ने बताइन् ।

उनले भनिन्- 'पार्टीले जिम्मेवारी देओस् कि नदेओेस् मतलब छैन सिद्धान्त धारण गरेको छु, त्यहीअनुसार काम गर्ने हो । विभिन्न समयमा हामीले चर्चा गरिहरेका छौँ। आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा हामीले काम गर्न सक्यौँ कि सकेनौँ समीक्षा गर्ने बेला भएको छ।'

उनले पार्टीले जिम्मेवारी दिए पनि नदिए पनि आफूलाई सरोकार नभएको भन्दै एमालेको सदस्यकै रुपमा काम गरिराख्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077