Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

भारत र चीनले नेपालीको संवेदनशीलतालाई नजरअन्दाज गरेको शंकर पोखरेलको आरोप

भारत र चीनले नेपालीको संवेदनशीलतालाई नजरअन्दाज गरेको शंकर पोखरेलको आरोप

बिहिवार , भाद्र ५, २०८२

बर्दिवास । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले भारत र चीनले नेपालको सहमति बिना लिम्पियाधुरा नाका व्यापारिक प्रयोजनमा खोल्ने निर्णयप्रति कडा आपत्ति जनाएका छन्।

प्रेस चौतारी नेपाल, महोत्तरीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुई मित्रराष्ट्रले नेपाली चासो र संवेदनशीलतालाई बेवास्ता गरेको आरोप लगाए।

महासचिव पोखरेलले भने, “हामीले महाकाली वारिको भूभाग समेटिएको नक्सा तथ्य र सत्यका आधारमा बनाएका हौँ। यो सन् १८१६ को सुगौली सन्धि अनुरूप छ।”

उनले चीन र भारतबीच भएको पछिल्लो सहमतिमा नेपाललाई नखोजिएकोप्रति दुःख प्रकट गर्दै पनि, यसलाई समाधान गर्न आपसी संवाद नै मार्ग हुनेमा जोड दिए। उनका अनुसार निकट भविष्यमा हुने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सद्भावना भ्रमण नेपालकै तर्फबाट रोकिने कुरा नभएको स्पष्ट छ।

“हामी संवाद र छलफलमार्फत छिनोफानो चाहन्छौँ। यस्तो अवसर सद्भावना भ्रमणमै पाइन्छ,” पोखरेलले भने।

लिपुलेक प्रकरणबारे नेपालले चीन र भारत दुवैलाई कूटनीतिक नोट पठाइसकेको स्मरण गराउँदै उनले अब दुवै मित्रराष्ट्रले तार्किक निष्कर्ष दिनुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077