Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

‘लिपुलेक सम्झौता’ नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि गम्भीर प्रहार : राजेन्द्र लिङ्देन

‘लिपुलेक सम्झौता’ नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि गम्भीर प्रहार : राजेन्द्र लिङ्देन

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने सहमति नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि ‘गम्भीर प्रहार’ भएको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले नेपाललाई पूर्ण रूपमा उपेक्षा गर्दै गरिएको यस्तो निर्णय अस्वीकार्य भएको टिप्पणी गरे। “नेपाल सरकारलाई पूर्ण रूपमा बेवास्ता गरेर एकतर्फी ढंगले लिइएको कदम हाम्रो देशको सम्मान र स्वाधीनतामाथि गम्भीर प्रहार हो,” उनले लेखेका छन्।

लिङ्देनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालका अविभाज्य भूभाग भएको ऐतिहासिक प्रमाण स्पष्ट रहँदै आएको उल्लेख गर्दै दुई छिमेकी मुलुकले नेपालसँग छलफल नगरी गरेको सहमति अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादाको उल्लङ्घन भएको दाबी गरे।

राप्रपा अध्यक्षले यस विषयमा सरकारले तत्काल भारत र चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरी सम्झौता खारेज गराउन माग गरेका छन्। साथै, राष्ट्रिय हितको सवालमा राप्रपा सरकारको साथमा रहने स्पष्ट पार्दै उनले सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति कायम गर्न पनि आह्वान गरे।

“नेपाली भूमि र स्वाधीनतामाथि कुनै पनि प्रकारको अतिक्रमण वा उल्लङ्घन सह्य नहुने स्पष्ट सन्देश दिन सरकारसँग आग्रह गर्दछु,” लिङ्देनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077