Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

देशको राजनीतिक र सामाजिक अवस्था स्खलनतिर गइरहेको छ : शेखर कोइराला

देशको राजनीतिक र सामाजिक अवस्था स्खलनतिर गइरहेको छ : शेखर कोइराला

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, नेता र कर्मचारीहरुको भएको बताएका छन् ।

आज काठमाडौंको ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राजनीति उकास्ने जिम्मा स्कुलहरुले पनि लिनुपर्ने बताएका हुन् ।

उनले भने-'अहिले राजनीतिक मात्रै नभएर सामाजिक अवस्था पनि देशको स्खलनतिर गइरहेको छ । त्यसलाई उकास्ने जिम्मा स्कुलहरूले पनि लिनुपर्छ । राजनीतिज्ञहरू, कर्मचारीहरूले पनि लिनुपर्छ। सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ। सकारात्मक सोचका साथ अघि बढ्ने हो भने देशलाई अघि बढाउने कल्पनामा अघि बढ्नसक्छौं ।'

शिक्षाले नै विश्वलाई चिनाउन सक्ने भएकाले शिक्षामा पहिलो जोड दिनुपर्ने उनले बताए ।

उनले भने- 'लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो। शिक्षित समाज भयो भने सभ्य देश बन्छ। घरमा एउटा महिला शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ । हामी कतै न कतै चुकिरहेका छौं। नियम, ऐन, कानून बनाउने मानिसहरू, सरकारमा बस्ने साथीहरू, पत्रकार मित्रहरू पनि चुकेको म देख्छु।'

लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले शिक्षित समाज बनाउन जरुरी रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077