काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सचेतक निशा डाँगीले संसद् बहिस्कार संविधान विरोधी अभ्यास नभएको बताएकी छन्।
आज प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै जनताका समस्या समाधान गर्न सुस्त रहेको सरकारले उपसभामुख हटाउन फुर्ती देखाएको टिप्पणी गरेकी हुन् ।
उनले भनिन्- 'जनताका समस्या समाधान गर्न सरकार सुस्त छ । तर उपसभामुखलाई हटाउन चाहीँ अचम्मको फुर्ती देखाएको छ ।'
जनताको आवाज सुन्न भन्दा पनि विभिन्न मुद्दामा जोडिएका आफ्ना मान्छेलाई जोगाएर सरकार अगाडि बढिरहेको उनको आरोप छ ।