Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

भारत र चीन बसेका हाम्रा राजदूतहरूको कार्यसम्पादन मूल्यांकन गर्ने बेला आयो : प्रभु साह

भारत र चीन बसेका हाम्रा राजदूतहरूको कार्यसम्पादन मूल्यांकन गर्ने बेला आयो : प्रभु साह

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले नेपालको भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्न भारत र चीनले गरेको सम्झौताबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नेपालको भौगोलिक अखण्डतासँग जोडिएको विषयमा सरकार चुप लागेर बस्न नहुने बताए ।

उनले भने- 'नेपालको भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्न भारत र चीनले गरेको सम्झौताबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दछु। नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तासँग जोडिएको यो महत्त्वपूर्ण विषयमा सरकार चुप लाग्नु हुँदैन ।'

उनले थपे- 'कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि भूमि भएको भन्दै १० वर्ष अगाडि तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको पनि स्मरण गरे । यति पठाइराख्दा र कूटनीतिक पहल गरिराख्दा यस्तो किन सुन्न आयो भन्ने प्रश्न गर्न चाहन्छु ।'

कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि भएको भन्दै १० वर्ष अगाडि तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको उनले बताए

उनले भने- 'ती देशहरूमा हाम्रा राजदूतहरूको कार्यसम्पादन मूल्यांकन गर्ने बेला आयो। नेताहरूले आफ्ना आसेपासे, विश्वास पात्रलाई, आफ्ना नातागोतालाई त्यहाँ राजदूत बनाउँछन् । उहाँहरूले डलरको व्यापार गरिराख्नुभएको छ । होइन भने किन यसरी प्रगति देखिएन ?'

नेताहरूले आफ्ना आसेपासेलाई राजदूत बनाउका राजदूतहरूको कार्यसम्पादन मूल्यांकन गर्ने बेला भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077