कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेङ्गु सङ्क्रमण भएको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भएको जनाएको छ ।
यसैगरी हिमाली जिल्ला दार्चुलामा चार र बाजुरामा १८ जना सङ्क्रमित भएका छन् । डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना सङ्क्रमित भएका निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी खासगरी असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमण बढ्ने भएकाले विशेष सतर्कता अपाउनुपर्ने बताए ।