Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

हैजाको प्रकोप बढेपछि वीरगन्जका शैक्षिक संस्थाहरू दुइ दिन बन्द

हैजाको प्रकोप बढेपछि वीरगन्जका शैक्षिक संस्थाहरू दुइ दिन बन्द

आइतवार , भाद्र ८, २०८२

काठमाडौं । वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द भएका छन् ।

पर्सामा हैजाको प्रकोप बढेपछि महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै दुई दिन सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालहरूको पठनपाठन बन्द बन्द गर्ने निर्णय गरेको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसारअहिलेसम्म हैजाको लक्षण दखिएका दुई जनाको मृत्यु भएको छ। तर उनीहरूको मृत्यु हैजाकै कारण भएको पुष्टि हुन बाँकी छ। यस्तैवीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत ४२ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ। विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् ।

हैजाको संक्रमण देखिएका क्षेत्रमा महानगरले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।

वीरगन्ज महानगरको वडा नम्बर ११, १२, १३ र १६ मा हैजाको संक्रमण बढी देखिएको स्वास्थ्यकर्मीले बताएका छन्।

स्वास्थ्यकर्मीका अनुसार भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ । यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् ।

हैजाको संक्रमण देखिएका ११ ठाउँको पानीका् नमुना परीक्षणका लागि टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077