Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाल रुबेला-मुक्त देश घोषित, पूर्वी एसियाको छैटौँ स्थानमा

नेपाल रुबेला-मुक्त देश घोषित, पूर्वी एसियाको छैटौँ स्थानमा

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । नेपाल आधिकारिक रूपमा रुबेला-मुक्त देश घोषित भएको। विश्व स्वास्थ्य सङ्गठनले २०८२ साल भदौ २ गते नेपाल रुबेला रोग निवारण गर्न सफल भएको हो।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई रुबेला निवारणको प्रमाणपत्र हस्तान्तरण गरेका हुन।

योसँगै रुबेला निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल छैटौँ राष्ट्र बनेको छ।

स्वास्थ्यमन्त्री पौडेलले यो घोषणा सम्पूर्ण नेपालीका लागि अत्यन्तै गर्वको विषय भएको बताएका छन।

उनले भने- 'यो हाम्रा स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र आम नागरिकको सक्रिय सहभागिताको अटुट समर्पणको परिणाम हो। नेपाल यो उपलब्धि हासिल गर्ने दक्षिण-पूर्वी एसिया क्षेत्रको छैटौं देश बनेको छ।'

उनले बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गर्न अन्य खोप-रोकथाम योग्य रोगहरू उन्मूलनतर्फ काम गर्न निरन्तर प्रयासका लागि आह्वान गरे।

यस्तै स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालले २०२५ मा रुबेला उन्मूलन गरेर एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

उनले भने- 'दादुरा निकै छिटो फैलिन्छ। यदि हामीले यसको निगरानी प्रणालीलाई बलियो बनाएर यसलाई उन्मूलन गर्न सक्यौँ भने, त्यही प्रणाली अन्य रोगहरूको नियन्त्रणका लागि पनि उदाहरणीय बन्नेछु।'

उनले अबको लक्ष्य दादुरा उन्मूलन गर्नु रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077