एजेन्सी । इजरायली आक्रमणबाट गाजामा १५ जनाको मृत्यु भएको छ ।
दक्षिणी गाजा क्षेत्रको एउटा अस्पतालमा इजरायलले गरेको दोहोरो हवाई आक्रमणमा परी चार पत्रकारसहित १५ जना मारिएको त्यहाँको नागरिक प्रतिरक्षा निकायले जनाएको छ ।
इजरायली सेनाले सुरुमा नासेर अस्पतालमा हवाई आक्रमण गरेको थियो । प्रारम्भीक हवाई आक्रमणपछि उद्धारकर्मी र पत्रकार घटनास्थल पुगेका थिए । त्यसलगत्तै फेरि दोस्रो पटक सोही स्थानमा अर्को हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।
मारिनेमा रोयटर्सका क्यामेराम्यान हुसाम अल मसरी, एसोसिएटेड प्रेसका लागि काम गर्ने स्वतन्त्र पत्रकार मरियम दग्गा, अल जजीराका मोहम्मद सलमेह र एनबीसीका फोटोग्राफर मुथा अबु ताहा पत्रकार मारिएका छन् ।